एआईजी बुद्धि राज गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाे निरीक्षण

7.09K
shares

सिन्धुली । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धि राज गुरुङले जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाे  अनुगमन तथा निरीक्षण गर्नु भएको हाे।

 


अनुगमनकाे क्रममा उहाँले कार्यालयबाट सम्पादित बिबिध काम कारवाही एवम् गतिबिधीको बारेमा जानकारी लिदै प्रभावकारी प्रहरी परिचालन आजको मुख्य आवश्यकता रहेकाले थप उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी आचरण एवँ प्रहरीले गर्नु पर्ने काम कार्वाही चुस्त/दुरुस्त हुनु पर्ने  निर्देशन दिनु भयो ।

साथै प्रहरी संगठन प्रति कुनै पनि किसिमको आँच आउने कार्य नगर्ने र तालुक प्रहरी कार्यालयहरुबाट प्रेषित महत्वपूर्ण परिपत्र एवँ निर्देशनहरुको अक्षरस कार्यान्वयन गर्नुपर्ने लगायतका अमुल्य निर्देशन उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई दिनु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083