सर्वोच्च अदालतका न्यायाधीशद्वारा कोशी प्रदेश प्रहरी कार्यालयको अवलोकन

3.42K
shares

 

न्यायाधीशद्वयलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारीले स्वागत गरेका थिए ।

अवलोकनको क्रममा प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको निरीक्षण गरिएको थियो ।

उक्त अवसरमा न्यायाधीश द्वयले कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् । कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई सहभागी थिए ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री, जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयालगायत उपस्थित थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083