प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण
काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार ग्रहण गर्नु भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आज कार्यालयमा पदभार ग्रहण गर्नुभएको हाे।
पदभार ग्रहण पश्चात काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।
साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो । सोही अबसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष तथा विभिन्न शाखाहरु लगायत अन्य संरचनाको निरीक्षण समेत गर्नुभई शाखाहरुको काम कार्वाहीको बारेमा जानकारी समेत लिनुभएको थियो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ध्रुब राज राउत, यस कार्यालय तथा मातहतका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।
१८ पुस २०८१, बिहीवार १७:०७ बजे प्रकाशित