“उद्‍घाटन कार्यक्रम सम्पन्न”

3.38K
shares

काठमाडौ । फिजियोथेरापी एण्ड रिहाविलिटेसन सेन्टर कक्षको  “उद्‍घाटन कार्यक्रम सम्पन्न” भएको छ।

२०८१।०९।१८ गतेदेखि सञ्चालन हुन गइरहेको  फिजियोथेरापी एण्ड रिहाविलिटेसन सेन्टर कक्षको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा उ‌द्घाटन कार्यक्रम सम्पन्न भएको हाे।

प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानभित्र नै फिजियोथेरापीको सेवा प्रदान गरी तालिमको अवस्थामा समय र आर्थिक भार कम गराउन तथा नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई चोट पश्चात् प्रतिष्ठान भित्रनै पुनर्स्थापनाको व्यवस्था रहेको

उक्त कक्षमा अल्ट्रा साण्ड मेसिन, मसल स्टुमुलेटर (M.S.), IFT मेसिन, टेन्स मेसिन, योगा म्याट, थेरापी गन, कपिङ निडलिङ, टिपिङ, कम्प्रेसन बुट, स्ट्चिङ ब्याण्ड ICE थेरापी ईत्यादीको व्यवस्था रहेको छ ।