प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

3.64K
shares

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा  ईश्वर कार्की छन् । राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।