एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.93K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अनतर्गत ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा  भएका प्रहरी सहायक हवल्दार रमेश बहादुर खडका, प्रहरी सहायक हवल्दार रमेश राज खड्का र प्रहरी सहायक हवल्दार विश्व बिकास शाहीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हाे।

 

दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई दिनु हुदै पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा, प्रहरी नायव महानिरीक्षक ध्रुब राज राउत, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे,प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।