कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजन अधिकारीद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्रकाे निरीक्षण

3.67K
shares

बिराटनगर।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेश प्रहरीतालिम केन्द्रकाे  निरीक्षण गर्नु भएको छ।

अवलोकन भ्रमणको क्रममा तालिम केन्द्रका प्रशिक्षण गतिविधीहरु, भौतिक तथा प्रशिक्षण पूर्वाधारहरु (Drill Nursery, Jump and Reach, Sit and Reach) र कार्यालयका विभिन्न शाखाहरुको स्थलगत निरीक्षण तथा अवलोकन पश्चात तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेज्यूले श्रीमान् प्रदेश प्रहरी प्रमुख समक्ष तालिम केन्द्रका गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो ।

अन्तमा प्रदेश प्रहरी प्रमुखले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन बाट सम्पूर्ण प्रहरी कर्मचारीहरूमा प्रहरी आचरणमा सुधार र प्रहरी सेवालाई उच्च प्राथमिकतामा राखी मन वचन कर्मले सेवा प्रवाह गर्न निर्देशन दिनु भएको थियो ।

सोही क्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लगायत कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरुमा धन्यवाद ज्ञापन गर्दै प्राप्त निर्देशनको अक्षरस: कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।