टेलिफोन कल विवरण विश्लेषण (CDR Analysis) प्र.ज.देखि सि.प्र.अ. पाँचौ समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.48K
shares

बिराटनगर ।  टेलिफोन कल विवरण विश्लेषण (CDR Analysis) प्र.ज.देखि सि.प्र.अ. पाँचौ समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको छ।

२०८१ पुस ०३ गतेबाट काेशी प्रदेश प्रहरी तालिम केन्द्रमा संचालन भएको १६ कार्य दिन अवधिको टेलिफोन कल विवरण विश्लेषण (CDR Analysis) प्र.ज. देखि सि.प्र.अ. तालिम पाँचौ समूहको आज मिति २०८१ पुस २३ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेज्यूको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिले अतिथि आन्तरिक प्रशिक्षकको रुपमा तालुक कार्यालय CIB बाट पाल्नु भएका प्र.व.ना.नि. शक्ति श्रेष्ठ र प्र.स.नि. सन्जोग लिम्बुलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै दीक्षित भई जाने प्रहरी कर्मचारीहरुलाई शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा यस केन्द्रका प्रहरी निरीक्षक तथा तालिम संयोजक ऋषि राज ढकाल , जुनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक वर्ग साथै प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083