एसएसपी रजौरेद्वारा सेवा ग्राहिलाई प्राथमिकतामा राखि प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन
वि.सं.२०८१ पुस २३ मंगलवार २३:१६
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले सेवा ग्राहिलाई प्राथमिकतामा राखि प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख एसएसपी बसन्त रजौरेले कीर्तिपुर सुन्दरीघाट स्थितमा नवनिर्मित प्रहरी वृत्त, कीर्तिपुरको कार्यालय भवन, ब्यारेक भवन तथा मेश अवलोकन एवम निरीक्षण गर्नु भएको हाे।
एसएसपी रजौरेले अपराध अनुसन्धान अन्तरगत, CFD, CRS लाई अद्यावधिक गर्दै अनुसन्धान कार्यलाई प्रविधि मैत्री एवम प्रमाणमुखि बनाउने, प्रहरीले सम्पादन गर्ने कार्य नागरिक मैत्री, छिटो छरितो तवरबाट सेवा ग्राहिलाई प्राथमिकतामा राखि प्रहरी सेवा प्रवाह गर्ने समेत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
उहाँले हातहतियार, असभावका समाग्रीहरु, विपद् सामाग्रीहरु, वरपरका भौतिक संरचनाहरु एवम प्रहरी पोशाक दुरुस्त राख्ने र लगाउने, रातीको समयमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीले अनिवार्य रुपमा फ्लोरिसेन्ट ज्याकेटको प्रयोग गर्न निर्देशन गर्नु भयाे।
साथै एसएसपी रजौरेले ड्युटीमा मोबाईल फोनको न्युनतम प्रयोग गर्ने, कार्यालयमा रहेका सम्पुर्ण शाखाहरुले शाखागत रुपमा आफ्नो अभिलेख अद्यावधिक गरि राख्ने,हाल प्रहरी वृत्त, कीर्तिपुर उच्च जनघनत्व भएको स्थान कीर्तिपुर वडा नं. ३ खाशीबजारबाट कीर्तिपुर वडा नं.१० स्थित सुन्दरीघाटमा स्थानान्तरण भएतापनि प्रहरीले अझ Strength लिएर कामकारवाही अगाडी बढाउने, घटित घटनाहरुको सम्बन्धमा समयमै प्रहरी पुगी Response गर्ने कुराहरुको बारेमा जानकारी गराउनुको साथै महत्वपुर्ण महत्तवपुर्ण निती निर्देशन दिनु भएको थियोे ।















