कोशी प्रदेश प्रहरी तालिम केन्द्रको आयाेजनामा Run and Fun कार्यक्रम सम्पन्न

2.37K
shares

बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण कफ्लकाे उपस्थितमा Run and Fun कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रको अतिरिक्त क्रियाकलाप अन्तरगत आज उक्त केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी (प्रशिक्षक वर्ग तथा यस केन्द्रमा संचालन भई रहेको विभिन्न सेवाकालीन तालिममा तालिमरत प्रशिक्षार्थीहरू ) र कोशी प्रदेश प्रहरी गणमा कार्यारत प्रहरी कर्मचारीहरूको संयूक्त रूपमा सहभागी भई ५ किलो मिटर लामो दौड गरी Run and fun कार्यक्रम सम्पन भएको थियोे ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तलिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये डिउटी वाहेक १३५ जना, प्रशिक्षार्थीहरू १०६ जना र कोशी प्रदेश प्रहरी गणमा कार्यरत डिउटी वाहेक ९० जना गरी जम्मा ३३१ जना प्रहरी कर्मचारीहरूको सहभातिता रहेको थियो ।


Mitsubishi Long Ad