शान्ति सुरक्षा सम्बन्धि गरिक सुनुवाई कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौं ।  प्रहरी वृत नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र गोदाररकाे प्रमुख आतिथ्यतामा  नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी र सामुदायिक सेवा तथा विकास समाज एंव सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२, संयुक्त आयोजनामा का.म.पा.-३२ कोटेश्वर महादेवस्थान स्थित समाजको सभाहलमा समाजका अध्यक्ष  रविन्द्र थापाकाे अध्यक्षातामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

का.म.पा.-३२ वडाका वडा सदस्य हिरादेवी पोख्रेल, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राई, प्रहरी प्रभाग काँडाघारीका प्रमुख प्र.नि.राजन थापा, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. सुर्य प्रसाद पौडेलकाे विशेष आतिथ्यता रहेको थियाे।

 

साथै कार्यक्रममा पुर्व प्रहरी वरिष्ठ उपरिक्षक लव विष्ट, कान्तिपथ डटकम प्रा.लि.का प्रबन्ध निर्देशक तथा कोटदेवी विध्यानगर समाजका अध्यक्ष  देवराज चौलागाई का.म.पा.-३२ वडा भित्रका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका प्रद्यानाध्यापकहरु लगाएको उपस्थिति रहेको थियाे।

 

 

२६ पुस २०८१, शुक्रवार २१:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु