माओवादी केन्द्र सुनकोसी गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न
मिम बहादुर योञ्जनकाे नेतृत्वमा ७ पदाधिकारी, ४१ सदस्यीय समिति गठन
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रतिनिधिसभाका सांसद माधव प्रसाद सापकोटाकाे प्रमुख आतिथ्यतामा, बागमती प्रदेश सभाका सांसद सरल सहयात्री पौडेल,अमृता नेपालकाे बिशिष्ट आतिथ्यतामा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) सुनकोसी गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
सुनकोसी गाउँपालिकाको अध्यक्षमा मिम बहादुर योञ्जन निर्वाचित भएका छन् । बिहिबार सिन्धुपाल्चोकमा सम्पन्न तेस्रो सम्मेलनले मिम बहादुर योञ्जनकाे नेतृत्वमा ७ पदाधिकारी, ४१ सदस्यीय समिति गठन गरेको हो ।
सचिवमा होमनाथ पौडेल ,सह-सचिव प्रतिमा पराजुली दाहाल, कोषाध्यक्षमा विरबहादुर घतानी चयन भएका छन् ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु वडाका नागरिकहरु,गाउँपालिकाका पदाधिकारी,सदस्यहरु बौद्धीक वर्ग, युवा बिद्यार्थीहरु लगाएतको उपस्थीति रहेको थियो ।
२७ पुस २०८१, शनिवार १५:१३ बजे प्रकाशित