कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

3.38K
shares

बिराटनगर । प्रहरी नायव निरीक्षक रमेश प्रधान पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायव निरीक्षक रमेश प्रधानलाई २०८१ साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको हाे ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव निरीक्षक रमेश प्रधानले पुष २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदीबजार स्थितमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लागूऔषध गाँजा बोकी धरानतर्फ जाँदै गरेका मानिसहरुलाई नियन्त्रणमा लिन खोज्दा उनिहरुले प्रहरी माथि नै आक्रमण गरे पश्चात हवाई फायर गरी मोटरसाइकलमा सवार रहेका ६ जना मानिसहरुलाई ५ वटा मोटरसाइकल तथा १२० किलोग्राम लागूऔषध गाँजा सहित पक्राउ गर्न सफल भएको थियाे।

साथै आफ्नो जिम्मेवारी एरिया इलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुष “महिनाकाे सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएकाे थियोे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083