माओवादी केन्द्र युवा विशेष महाशाखा १ नम्बर प्रदेश शाखाकाे अध्यक्ष प्रभात राई निर्वाचित

5.72K
shares

काठमाडौ । नेकपा माओवादी केन्द्र युवा विशेष महाशाखा १ नम्बर प्रदेश शाखा सम्मेलन सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा YCL,नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर (कसम) को प्रमुख आतिथ्यतामा  आज सम्पन्न भएको हाे।

युवा विशेष महाशाखा १ नम्बर प्रदेश शाखा अध्यक्षमा प्रभात राई निर्वाचित भएका छन् । शनिबार काठमाडौमा सम्पन्न सम्मेलनले प्रभात राईकाे नेतृत्वमा ५ पदाधिकारी, २१ सदस्यीय समिति गठन गरेको हो ।

उपाध्यक्ष पर्शुराम धमला (अतीत) ,सचीव अनुज खनाल खत्री ,सह-सचीव ज्ञानदिप राई,कोषाध्यक्ष नमिता राउत चयन भएका छन् ।

सम्मेलनमा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुले शाखाको अधिकार लगाएत उक्त शाखाले आउने परिवर्तन गर्न एक्यवद्धता बनाएर जानुपर्ने र हरेक समस्याको सामाना गर्दै अघि बढ्न अपिल गरेका थिए।

कार्यक्रममा विशेष अतिथिहरु नेकपा माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश समिति सह सचीव मन्जु बम YCL,नेपाल केन्द्रीय उपाध्यक्ष केहर सिङ कुवर, युवा शाखा सचिब प्रेम चापागाईं अतिथिहरु YCL नेपाल केन्द्रीय सदस्य दिपक न्यौपाने, YCL काठमाडौं सचिव रुपेश दङ्गल,YCL सिन्धुपाल्चोक सचीव प्रकाश घिमिरे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रमकाे अवसरमा विभिन्न पार्टी परित्याग गरि किरन मगर ,सुबास मगर, अर्जुन मगर , धिरज मगर ,योगेस मगर र बिकास मगर पार्टी प्रवेश गरेका थिए।

साथै युवा विशेष माहाशाखाको ८ शाखा मध्य १ नम्बर प्रदेश शाखाले सबै भन्दा पहिले सम्मेलन गर्न सफल समेत भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083