प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण

4.42K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आज जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंको व्यारेक, विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले काठमाडौं जिल्ला राजधानी सहर सगै देशको प्रमुख प्रशासकिय केन्द्र पनि रहेको हुनाले VVIP तथा VIP हरुको बसोबास हुने साथै सबैभन्दा बढि जनसंख्या बसोबास लगायत Vital Installations समेत रहेको जिल्ला हुनाले अपराधको चाप ज्यादा हुने हुँदा प्रहरी कार्य बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।


वर्तमान समयमा प्रविधिको प्रयोग गरी अपराधका घटनाहरु बढिरहेको हुदा अपराधको बदलिँदो ट्रेन्डको कारक तत्व मुल्याङ्कन गरी सोही अनुरुपको सुरक्षा योजना निर्माण गरी हरेक नागरीकको मानव अधिकार कायम गरी, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउनुका साथै भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना सङ्कलनलाइ प्रभावकारी बनाउने, प्राप्‍त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिनु भयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083