प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
वि.सं.२०८१ माघ १३ आइतवार १९:०३
5.68K
shares
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१६ स्थित कालिका बहुउद्देश्यको सभाहलमा वडा प्रहरी प्रहरी कार्यालय, बगर कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हाे।
कार्यक्रममा प्रहरी काम कारवाही, शान्ति सुरक्षा लगायतका बिभिन्न बिषयमा उठेका गुनासोहरुको एसपी श्याम बाबु ओलियाले सम्बोधन गर्नु भएको थियाे ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानिय भद्रभलाद्मी, व्यवसायीहरु, टोल विकास संस्था एवं आमा समुहका प्रतिनिधिहरू लगाएतकाे उपस्थिती रहेको थियाे।































