सवारी चालकहरुको स्वास्थ्य परीक्षण (लापसे) सेवनको परीक्षण कार्यक्रम सम्पन्न

इनरुवा । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रकाे प्रमुख आतिथ्यतामा सवारी चालकहरुको स्वास्थ्य परिक्षणका साथै (लापसे) सेवनको परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना,सस्त्र प्रहरीबल नेपाल न.४.गण हे.क्वा सुनसरीका गणपती, राष्टिय अनुसनधान बिभाग सुनसरीका प्रमुखकाे उपस्थिति रहेकाे थियाे।
साथै जिल्ला ट्राफिक धरानका प्रमुखहरुको उपस्थितिमा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय इटहरी सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवा र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा , सुनसरीको इनरुवा सक्वागाछी स्थित बिभिन्न सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षणका साथै (लापसे) सेवनको परीक्षण गरिएको हाे ।
चेकजाँचका क्रममा ८४ जना चालकको स्वास्थ्य परिक्षण गरिएको थियो जसमा दुइपाग्रे सवारीका चालक ४ जना चारपाङग्रे सवारीका चालक ६ जना र ५ जना यात्रुहरू (लापसे) सेवन गरेको पाईएको हुँदा निजहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा बुझाईएको थियाे ।
१३ माघ २०८१, आइतवार १९:३४ बजे प्रकाशित