कास्की प्रहरीकाे सक्रियता : घर घरमा नेपाल प्रहरी कार्यक्रम संचालन

यति बेला कास्की प्रहरी प्रमुख श्याम बाबु ओलिया रहेका छन्

Nepal Life Insurance Long Ad

कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यतामा घर घरमा नेपाल प्रहरी कार्यक्रम संचालन भएको छ ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीको आयोजनामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बाराहिघाट स्थित एक कार्यक्रममा विच “घर घरमा नेपाल प्रहरी अभियान” २०८१ कार्यक्रम शुभारम्भ गरिएको हाे ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईकाे अध्यक्षतामा उक्त कार्यक्रम  भएको हाे ।

 

प्रमुख अतिथी एसपी श्याम बाबु ओलियाले समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी मात्रैले सम्भव नरहेको र समुदायको समेत सहयोग, सुझाब तथा सूचना भएमा मात्र अपराध अनुसन्धान र कारवाही गर्न सहज हुने धारणा राख्दै उक्त अभियानमा शान्ति सुरक्षा तथा प्रहरी संग सम्बन्धित गुनासो, समस्या तथा सूचना दिनुहुन अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी, होटल व्यवसायी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारी, पत्रकार लगाएतकाे उपस्थिती रहेको थियो ।

 

१४ माघ २०८१, सोमवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु