काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीद्वारा पदभार ग्रहण

3.46K
shares

काठमाडौं । काठमाडौं प्रहरी प्रमुखका रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जिम्मेवारी सम्हालेका छन् ।

मंगलबार अपराह्नबाट उनले जिल्ला प्रहरी परिसर, भद्रकालीको प्रमुखका रूपमा कार्यभार सम्हालेका हुन् । उनले जिम्मेवारी सम्हालेलगत्तै काठमाडौं प्रहरीको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएका छन् ।

यस अघिका नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी पूर्णिमाकुमारी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बोहोरा डीएसपी छँदा काठमाडौं प्रहरी अन्तर्गत रहेर काम गरिसकेका अधिकारी हुन् ।

काठमाडौं प्रहरीका निवर्तमान प्रमुख वसन्त रजौरेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको पनि सरुवा भएको छ । सम्भवतः शुक्रबारबाट नयाँ प्रमुख एसएसपी रमेश बस्नेतले जिम्मेवारी सम्हाल्ने एक अधिकृतले बताए ।