जिल्ला प्रहरी परिसर काठमाडौबाट बिदा भए एसएसपीद्वय बसन्त रजौरे, नबराज अधिकारी
वि.सं.२०८१ माघ १५ मंगलवार २०:५२
6.49K
shares
shares

काठमाडाै । जिल्ला प्रहरी परिसर काठमाडौबाट प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे,प्रहरी वरिष्ठ उपरीक्षक नबराज अधिकारी बिदाई भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे जिल्ला प्रहरी परिसर काठमाडौबाट नेपाल प्रहरी प्रधान कार्यालय,राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थपन महाशाखा नक्सालमा शरुवा भएका हुन् । त्यसै गरी नवराज अधिकारी प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनु भएका अधिकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा शरुवा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौले आज एक कार्यक्रम आयाेजना गरि फेरी भेटौंला तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हाे ।
कार्यक्रममा प्रहरी उपरीक्षक,जिल्ला मातहत प्रहरी नायब उपरीक्षक, सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

















