निष्पक्ष रुपमा कार्य सम्पादन गर्न काठमाडौ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीद्वारा निर्देशन

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंको पदभार ग्रहण  गर्नु भएको छ। साथै परिसरका सिनियर प्रहरी अधिकृत तथा मातहत वृत्त, प्रभागहरुका ईन्चार्जहरुसंग परिचयात्मक अन्तरक्रिया गर्दै आवश्यक निर्देशन दिनु भएको छ।

जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको बहुआयामिक कार्यक्षेत्रभित्र मूलभूत रुपमा अपराधको प्रभावकारी रोकथाम तथा अपराधको सफल अनुसन्धानको माध्यमबाट समग्र जिल्लावासीमा शान्ति सूरक्षाको प्रत्याभूती र अनुभूती गराउन चौबिसै घण्टा कुनै कसर बाँकी नराखी क्रियाशील रहन निर्देशन दिनु भयो ।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षकको कार्यालय मात्र नभई समग्र जिल्लावासीको प्रहरी कार्यालय भएको हुनाले परिसर र मातहतको सम्पर्कमा आउने प्रत्येक व्यक्ति प्रहरीका सेवाग्राही भएको र उहांहरुको कानुनी अपेक्षाका लागि नै प्रहरी संगठन र प्रहरी कार्यालयहरुको आवश्यकता, माग, स्थापना र बिस्तार हुदै गईरहेको हुनाले हामीले “We Count Every Contact” को सिद्धान्तलाई अबलम्बन गर्ने र कानुनी आवश्यकतालाई तत्काल सम्बोधन गर्न संवेदनशील हुनु पर्नेमा जोड दिनु भयो ।

देशको राजधानी शहर भएकोले राजनैतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, वैदेशिक, पर्यटन लगायत समग्र दृष्टीकोणबाट जिल्लामा सुदृढ एवं उत्कृष्ट सुरक्षा प्रबन्ध गर्न आफु लगायत सम्पूर्ण प्रहरी अधिकृतहरुले आगामी दिनहरुमा Lead by Example को मान्यता अनुरुप कमाण्डरका साथसाथै अभिभावकीय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहने बताउनु भयो ।

नेपाल प्रहरीको कार्ययोजना, तालुक कार्यालयसँग भएको कार्य सम्पादन सम्झौता, विभागबाट भएका परिपत्रहरुको अक्षरश: कार्यान्वयन तथा पालना गर्दै निर्दिष्ट उद्देश्यहरु तोकिए बमोजिम भन्दा पनि उच्चतम् स्तरमा हासिल गर्ने तर्फ अग्रसर रहन पनि परिसर प्रमुखले निर्देशन दिनु भयो ।

संगठनको लक्ष्य प्राप्तीका लागि आगामि दिनहरुमा प्रत्येक क्रियाकलापको निश्चित सूचकहरु पहिचान, विकास तथा अबलम्बन गरी वैज्ञानिक, व्यवहारिक तथा प्रभावकारी आन्तरिक तथा बाह्य कार्य वातावरणको सृजना गरी कार्य सम्पादनका आधारमा मातहत कार्यालय तथा कर्मचारीहरुको मूल्याङ्कन गरिने भएकोले सकेसम्म बढी कर्मचारीहरु पुरस्कृत हुनेतर्फ उच्च मनोबलकासाथ जागरुक, कृयाशील, रचनात्मक, संवेदनशील भई लागि पर्न समेत परिसर प्रमुखले निर्देशन दिनु भएकाे थियो ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...