एआईजी टेक बहादुर तामाङद्वारा पुन: निर्मित भगवती मन्दिर समुद्‍घाटन

4.03K
shares

ललितपुर । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी बृत्त चापागाउँमा रहेको पुन: निर्मित भगवती मन्दिर समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी बृत्त चापागाउँ ललितपुरमा पुन:निर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको बिहिबार उद्‍घाटन गर्नुभयो । नेपाल सरकार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ ललितपुरका प्रहरी र नगरपालिका,गाउंपालिका, स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत २४ लाख १५ हजारमा निर्माण सम्पन्न भएको थियो ।

भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र वितरण गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिई सहयोग गर्न हुन अनुरोध गर्नुहुदै, सामाजमा हुने गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण तथा शान्ति सुरक्षा अमन चयन कायम गर्नुको साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पुन:निर्मित मन्दिर सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानीबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सेना र प्रहरीमा बडा दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ । देश र जनताको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता रहेको छ ।

उक्त कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रहरी बृत्त चापागाउँका प्रमुख निर्माण समितिका पदाधिकारीहरू,स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू, अन्य प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।