अब उपत्यका अपराध अनुसन्धानमा ३ र काठमाडौं परिसरमा २ एसपी

2.83K
shares

सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापना गरेको सुचीमा कुलदिप चन्दलाई परिसर काठमाडौं र मनोहर प्रसाद भट्टलाई अपराध अनुसन्धान कार्यालयमा खटाइएको हो ।

यसअघि नै अपराध अनुसन्धान कार्यालयमा दुई जना र परिसरमा एकजना एसपी कार्यरत छन् । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि कामको चापलाई मध्यनजरमा राखेर कार्यालय र परिसरमा एसपी खटाइएको बताए ।

जिल्ला परिसरमा एसपी अपिलराज बोहोरा कार्यरत छन् भने अपराध अनुसन्धान कार्यालयमा काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन् ।