बारा प्रहरीद्वारा मालबाहक ट्रक नियन्त्रणमा

2.81K
shares

बारा। तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको सापकोटाले बताए।

ट्रकमा हार्डवेयर, आल्मुनियम सिट, इलेक्ट्रो पेन्टिङ वेयर, कटप मेसिन, सब बिलेट, बालनट इन्सेललगायत सामान थिए।

सामान र ट्रक मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083