प्रहरी बरिष्ठ उपरीक्षक बिश्‍व अधिकारीद्वारा प्रहरी बृत्त बौद्धको निरीक्षण

4.23K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर,काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिश्‍व अधिकारीले प्रहरी बृत्त बौद्धको निरीक्षण गर्नु भएको छ।

 

निरीक्षण क्रममा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीलाई कानुन बिपरित गलत काम गर्ने बिरुद्ध निर्मम भएर प्रस्तुत हुने,स्वयम् आफु शुद्धीकरण भई सेवामा समर्पित हुने,प्रहरी कार्यालयमा आउने सबै सेवाग्राहीहरुलाई समान व्यवहार गरी समस्या सुन्ने,गलत प्रबृत्ति बिरुद्ध डटेर सामना गर्ने,सेवाको हकमा प्रहरीले कसैलाई पनि भेदभाद नगर्ने,सेवाग्राही र पिडितका लागि प्रहरी साथी जस्तो बन्न निर्देशन दिनु भयाे ।

साथै उहाँले प्रहरीले शुन्य सहनशीलताको निति अपनाउने,संगठनमा गलत मनसाय राखी काम गर्ने प्रहरी कर्मचारीहरुको पहिचान गरी प्रहरी नियमावली बमोजिम कारबाही गरी संगठनबाट समेत अलग गराउने,प्रहरी संगठनमा सबै भन्दा बढी संख्यामा रहेका प्रहरी जवानको काम,कारबाहीको बारेमा प्रशंसा गर्दै उनीहरुको मनोबल उच्च राख्न प्रहरी अधिकृतले उचित भुमिका लगायतका निर्देशन दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी वृत्त बाैद्दका प्रमुख डिएसपी जयश्वर रिमाल सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083