नेपाल-भारत सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न संयुक्त सिमा गस्ती कार्यक्रम

3.3K
shares

रुपन्देही ।  रुपन्देही जिल्ला अन्तरगत ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक मुकेश न्याैपानेकाे कमान्डमा संयुक्त सिमा गस्ती कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको वडा एरीया अन्तर्गत पर्ने नेपाल-भारत सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न,शान्ति सुरक्षाको सुनिश्चितता गर्न,सिमा सुरक्षा कायम गर्न र अन्य सिमा अपराध रोकथाम तथा नियन्त्रण गर्न आज उक्त कार्यक्रम गरिएको हाे।

साथै समकक्षी सुरक्षा निकायसँगकाे समधुर सम्बन्ध कायम गर्ने उद्धेश्यले इलाका प्रहरी कार्यालय बेलहिया,सशस्त्र प्रहरी बल नेपाल,भारतीय सीमा सुरक्षा बल (SSB) र भारत उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले नेपाल-भारत सिमा क्षेत्रमा पैदल गस्ती गरेको थियाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083