उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी

Nepal Life Insurance Long Ad
काठमाडौँ । काठमाडौँ उपत्यकामा ३० लाख २८ हजार ३८६ जना मानिसहरू स्थायी रूपमा बस्छन् । तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ ।

त्यस्तोमा नागरिकको सुरक्षामा खटिने प्रहरीचाहिँ निकै थोरै रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ११ हजार ७४९ जना प्रहरीको दरबन्दी छ । तीमध्ये १ हजार जनाको पदपूर्ति भएको छैन ।

काठमाडौँ उपत्यकामा १ जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए । बिहीबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनसंख्याको तुलनामा हामीसँग प्रहरी जनशक्ति निकै थोरै छ ।’

सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन जन्मदिनमा कार्यालयबाट ‘जन्मदिनको शुभकामना’ भनेर म्यासेज पठाउन थालिएको एसएसपी खनालले बताए । काठमाडौँका ३ वटा जिल्लामा लागु गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको छ ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...