काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

5.58K
shares

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो ।

अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको निरुपण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको दैनिक काम, कर्तव्य र अधिकार लगायत काठमाडौं उपत्यकाको सुरक्षा चुनौतीहरु र त्यसको समाधानको निम्ति चालिएका कदमहरुको सम्बन्धमा जानकारि दिनुका साथै आगामी कार्यदिशा र भावी योजनाहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै प्रहरी कर्मचारीलाई प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नको निमित्त हात- हतियार लगायत अपराध अनुसन्धानको अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न गरिएको र आगामी दिनहरुमा सूचना प्रविधि सम्बन्धि अनुशिक्षण प्रदान गर्ने योजना रहेको समेत बताउनु भयो ।

काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न भए गरेका कार्यहरु लगायत सृजनशील कार्यहरुका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रस्तुतीकरण गर्नु भएको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमबाट संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083