गुण्डागर्दी नियन्त्रणका लागि ‘प्रोफाइलिङ’ भइरहेको छ : एआइजी तामाङ

Nepal Life Insurance Long Ad

बिहीबार उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रण तथा सर्वसाधारणमा त्रास फैलाउने कार्य रोक्न प्रहरीले निगरानी बढाएको जानकारी दिए।

‘आम नागरिकलाई त्रास देखाएर ठगी गर्ने, अपराधलाई बढावा दिने तथा गुण्डागर्दी गर्नेहरूको प्रोफाइलिङ गर्दैछौं,’ एआइजी तामाङले भने, ‘उनीहरू टोले गुण्डा हुन् वा राजनीतिक संरक्षण प्राप्त गरेका, प्रहरीले निगरानी बढाएको छ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको गतिविधि नजिकबाट हेर्दै आएको उनले बताए। कतिपयलाई आपराधिक गतिविधिमा संलग्न हुनसक्ने आशंकामा निगरानीमा राखिएको प्रहरीको भनाइ छ।

यस्तै, सामाजिक सञ्जालमार्फत डर धम्की फैलाएको आरोपमा सात जनालाई पक्राउ गरिएको एआइजी तामाङले जानकारी दिए।

‘हिजो भर्खरै सात जनालाई अपराध अनुसन्धानले पक्राउ गरेको छ। आफ्नो प्रभाव देखाउन तरबार–खुकुरीले केक काट्ने जस्ता गतिविधि गरेका थिए,’ उनले भने।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालयले गर्दै आएका कामकारबाहीबारे जानकारी गराउनुका साथै सुधार योजनाबारे पनि छलफल गरिएको थियो।


सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२ असार ६ शुक्रवार

काठमाडौ । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२...

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ असार ५ बिहीवार

बिराटनगर ।  स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको...

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

२०८२ असार ५ बिहीवार

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...