बूढानीलकण्ठमा प्रहरीकाे छापा, २३ जना भारतीय नागरिक पक्राउ

2.7K
shares

गएराति गरेको ‘सर्च’ अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिए।

उनीहरूलाई आज विहानसम्म छापा मारेर पक्राउ गरिएको बताउँदै बोहराले अहिले अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलिनसकेको बताए।

उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083