निरन्तर निरीक्षण कार्यक्रममा काठमाडौं उपत्यका प्रमुख एआईजी टेक तामाङ !

निरीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउँदै एआईजी टेक बहादुर तामाङ

Nepal Life Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी वृत्त, कीर्तिपुरको निरीक्षण गर्नु भएको छ ।

नव-निर्मित कार्यालय भवनको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा प्रहरी कर्मचारीलाई सकरात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अपराध अनुसन्धान भएकाले प्रहरी कर्मचारीले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो । साथै प्रहरी कर्मचारीलाई समय समयमा हात- हतियार लगायत अपराध अनुसन्धान सम्बन्धी अनुशिक्षण प्रदान गर्दा प्रयाप्त मात्रमा अभ्यास हुने र त्यसले प्रहरी कार्यमा प्रभावकारीता बढ्ने समेत बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२८ माघ २०८१, सोमवार २१:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु