राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

5.1K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएकाे हाे।

प्रतिष्ठानको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै यस प्रतिष्ठानमा व्यवसायिक रहेर सांगठनिक निति-निर्देशनको पालना गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुहुने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतिष्ठानलाई विभिन्न समय तथा सन्दर्भमा विशेष सहयोग पुर्‍याउनु हुने नेपाल विधुत प्राधिकारण वितरण केन्द्र प्रमुख, केल्मी नेपाल प्रा.ली.का प्रबन्ध निर्देशक, National Biotech Limited का अध्यक्ष र विश्वव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रणमा सहयोग पुर्‍याउनु हुने रमेश के.सी.ज्यूलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

यसै अवसरमा प्रहरी कर्मचारीहरुका लागि कल्याणकारी कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा कार्यरत प्र.का.स. देखि प्र.ना.नि.दर्जा सम्मका प्रहरी कर्मचारीहरुका सन्ततिहरु मध्ये उत्कृष्ट चार जना जेहेन्दार बालबालिकाहरुलाई प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष कल्पना गिरीज्यूबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएका र हुन बाँकी कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्नमा क्रियाशिल हुने साथै सद्भाव राख्ने सम्पुर्ण प्रहरी कर्मचारी, शुभेच्छुकहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारी एवम् प्रहरी परिवारबीच आपसी भाईचारा सद्भाव एवं समभावको पाठशालाको रुपमा रहेको यस ऐतिहासिक स्थलसँग भौतिक रुपमा मात्र नभई भावनात्मक संवेदनले पनि उत्तिकै नजिक र आत्मिय रहनुपर्ने धारणा व्यक्त गर्दै कार्यकारी निर्देशकज्यूले खेलकुद जगतले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा, उच्चतम तहको भातृत्त्व एवं सामूहिक भावनाको समेत विकास गर्ने र यिनै गुणहरूले व्यक्तिगत तथा प्रहरी कार्य सम्पादन र व्यवसायिक निपुणता प्राप्त गर्नमा समेत सहयोगी सिद्ध हुन्छन् भन्ने कुरामा संक्षिप्त निर्देशन सम्बोधन समेत व्यक्त गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083