प्रहरी कार्यालय कास्कीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

3.89K
shares

कास्की । अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लामा रहेका सुधार केन्द्र तथा पुनस्थापना केन्द्रका पदाधिकारीहरुसँग कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले अन्तरक्रिया तथा छलफल गर्नु भएको हाे ।

कास्की जिल्ला भित्र रहेका विभिन्न १८ वटा सुधार केन्द्र तथा पुन : स्थापना केन्द्रका पदाधीकारी तथा संचालकहरुसंग सुधार केन्द्रले पालना गर्नुपर्ने नियम, सुधार केन्द्रमा अनिवार्य रुपमा काउन्सिलर, डाक्टर, CCTV, सेक्युरिटी हुनुपर्ने, दुर्व्यसनीहरुलाई लक्षित गरी कानूनी सचेतनामुलक प्रशिक्षण कार्यक्रमहरु गर्नुपर्ने, दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिँदा वा लैजाँदा प्रहरी कार्यालयमा जानकारी गराउनु पर्ने, दुर्व्यसनीसंग राम्रो व्यवहार गर्नुपर्ने, लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083