सर्वोत्कृष्ट तालिम केन्द्रको रूपमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र, राजविराज छनौट

4.78K
shares

राजविराज ।  सर्वोत्कृष्ट तालिम केन्द्रको रूपमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र, राजविराज छनौट भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्‍जको ६९  औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजका  समादेशक प्रहरी बरिष्ठ उपरीक्षक  गोपाल चन्द्र भट्टराईले समादेशकको रुपमा गर्नु भएको कुशल नेतृत्वको उच्च मूल्याङकन गरिएको प्रशंसा-पत्र ग्रहण गरेेका हुन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्‍जको ६९  औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीको कार्ययोजना, २०८० तथा नेपाल प्रहरी संगठन प्रमुख र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक बिच भएको कार्य सम्पादन सम्झौता २०८१ तथा नेपाल प्रहरीको स्वीकृत बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्न पुर्‍याएको योगदान बारे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट भएको अनुगमन मूल्याङ्‌कनमा देशभरका तालिम केन्द्रहरु मध्येबाट सर्वोत्कृष्ट तालिम केन्द्रको रूपमा छनाैट भएको हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083