कोशी प्रदेश प्रहरी तालिम केन्द्रलाई कम्प्युटर हस्तान्तरण

4.78K
shares

विराटनगर। कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेकाे प्रमुख आतिथ्यतामा कम्प्यूटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

हेरम्भ मेडिसिन Distributer , इनरूवाका प्रोपाईटर भैरव मालुज्यू, तेज समान्यता मेडिसिन सप्लायर्स, विराटनगरका प्रोपाईटर बजरंग कुमार मालुज्यू, मेडिकल महाविर, विराटनगरका प्रोपाईटर मुकेश अग्रवालद्वारा उक्त केन्द्रको प्रशिक्षण कार्यलाई ब्यवस्थित र आधुनिक बनाउन सहयोग स्वरुप कम्प्युटर उपकरणहरु उपलब्ध गराई हस्तान्तरण गरिएको हाे ।

उक्त सहयोग कार्यक्रममा उक्त केन्द्रलाई ३- थान कम्प्युटर सहयोग स्वरुप प्राप्त भएकाे हाे।

कार्यक्रममा केन्द्रका प्रहरी निरिक्षक गुरु प्रसाद तिम्सिना, प्रहरी निरिक्षक ऋषि राज ढकाल, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।