एसएसपी विश्व अधिकारीद्वारा प्रहरी वृत्त गौशाला र नयाँ बानेश्वरको निरीक्षण

काठमाडौ । जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी वृत्त गौशाला र नयाँबानेश्वरको निरीक्षण गर्नु भएको छ।
निरीक्षण निर्देशनको क्रममा समाजमा शान्ति सु-व्यवस्था कायम गर्नका साथै अपराध अनुसन्धान एंव नियन्त्रण गर्नु नै प्रहरीको मूख्य जिम्मेवारी रहेकोले नागरीक मैत्री सेवा प्रवाह गरी गैह्र कानुनी क्रियाकलापलाई कडाईका साथ कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।
काठमाडौंमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्नको लागि प्रहरीको महत्वपूर्ण भूमिका रहेको र जनधनको सुरक्षालाई प्राथमिकता राखि २४ सै घण्टा खटिने निकाय भनेको नै नेपाल प्रहरी नै भएकाले यस्तो गौरवमय इतिहास बोकेको नेपाल प्रहरी जस्तो पवित्र संगठनमा आवद्ध प्रहरीले कानुन वमोजिमका कार्यव्यवहार द्वारा समाजमा प्रहरीको प्रभावकारी उपस्थिति देखाउनुका साथै विपद प्रतिकार्यका लागि सधै तयारी अवस्थामा रहनका लागि समेत विशेष निर्देशन दिनु भएको थियाे ।
कार्यक्रममा वृत्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिनियर /जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।
१ फागुन २०८१, बिहीवार १८:२३ बजे प्रकाशित