नुवाकोट प्रहरीद्वारा “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने अभियान प्रभातफेरी कार्यक्रम”

3.07K
shares

नुवाकोट । नुवाकोट प्रहरीद्वारा “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने अभियान प्रभातफेरी कार्यक्रम” सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यायको नुवाकोटको सयुंक्त आयोजनामा गरिएको “लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने अभियानको प्रभातफेरी” कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्यव समितिको प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दुर्गाराज रेग्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा एसपी दुर्गाराज रेग्मीले समाजमा बढ्दो अवस्थामा रहेको लागुऔषधको बारेमा परिचय दिई, यसबाट हुन सक्ने तत्कालिन तथा दिर्घाकालिन असरबारे र कानुनी प्रावधानको बारेमा जानकारी गराउनु भएको थियो । र प्रमुख जिल्ला अधिकारी ज्युबाट अभियानमा सबै सरोकारवाला निकायहरुलाई लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी तिन महिने अभियान सफल पार्नका निमित्त सहयोग र सहकार्यको लागि आव्हन गर्नु भई कार्यक्रम समापन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।


divya collage
unigloble collage