वर्कशप व्यवसायीसँग निरन्तर अन्तरक्रिया गर्दै एसएसपी विश्व अधिकारी

6.36K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीको प्रमुख आतिथ्यतामा वर्कशप व्यवसायी तथा संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं कालिमाटी स्थित कालिमाटी व्याङ्केटमा काठमाडौं जिल्ला भित्र हाल संचालनमा रहेका दुई पङग्रे र चार पाङग्रे सवारी साधनसँग सम्बन्धित वर्कशप व्यवसायी तथा संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा वर्कशप व्यवसायी तथा संचालकहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, गुनासाहरु राख्नुका साथै शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सुझावहरु समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एंव जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले सबै पेशाको आ-आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका रहने हुनाले सबै पेशा प्रति सबैले सम्मान गर्नु पर्ने धारणा राख्दै समाजमा शान्ति सुरक्षा कायम गर्न बिशेष गरी सवारी साधनको चोरी न्युनिकरण एंव नियन्त्रण गर्न तथा सवारी दुर्घटनासँग सम्बन्धित सूचना प्रहरीलाई दिई अपराध अनुसन्धानमा सहयोग गर्नको लागि वर्कशप व्यवसायी तथा संचालकहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा व्यवसाय सुरक्षा, अपराध नियन्त्रण एंव न्यूनिकरणमा CCTV क्यामेराको महत्वपुर्ण भूमिका रहने हुनाले सम्पूर्ण वर्कशप व्यवसायी तथा संचालकहरुलाई आफ्नो वर्कशप व्यवसाय संचालनमा रहेको स्थानमा CCTV जडान गर्न र कुनै आपराधिक घटनाको विषयमा सुचना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२, प्रहरी कन्ट्रोलको नम्बर १०० मा जानकारी गराउनका लागि समेत अनुरोध गर्नु भएको थियाे।