एआइजी टेकप्रसाद राईद्वारा सुदूरपश्चिम प्रहरी अस्पतालको अनुगमन तथा निरीक्षण

6.53K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईङले सुदूरपश्चिम प्रहरी अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सुदूरपश्चिम प्रदेश प्रहरी शाखा अस्पताल धनगढीमा अनुगमनको सिलसिलामा निरीक्षण गरेका हुन्।

अस्पताल अन्तर्गतका बिभिन्न शाखा तथा वार्ड / यूनिटको निरीक्षण तथा अनुगमन गर्नु साथै आगामी दिनहरुमा अस्पतालको स्तरोन्नति आधुनिक स्वास्थ्य सेवा लगायतका कार्ययोजनामा कार्यान्वयन तर्फ आवश्यक पहल गरिने भनि यस अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी,प्रहरी कर्मचारीहरु तथा उपचारको क्रममा पाल्नु भएका अन्य सेवाग्राहीहरु लाई समेत जानकारी एवंम् निर्देश प्रदान गर्नु भएकाे थियोे  ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083