पर्सा प्रहरीद्वारा एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद

5.84K
shares

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ।

एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक गौतम मिश्र पुगेका थिए। उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएका छन्।

गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ८ करोड १२ लाख, ८ हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

यस क्रममा पर्सा भन्सारबाट जाँचपास भएर छुटेका मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढीको सामान (तस्करी) लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्रक र उक्त बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083