स्ववियु निर्वाचनमा २८ वर्षे उमेरहद अनेरास्ववियू (क्रान्तिकारी) को एजेन्डा हो : अध्यक्ष सापकोटा

7.55K
shares

काठमाडाैँ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचनमा एजेन्डामा अनेरास्ववियू (क्रान्तिकारी) ले जितिसकेको अध्यक्ष विजय प्रकाश सापकोटाले दाबी गरेका छन् ।

 लुम्बिनी प्रदेश राजधानी देउखरीस्थित देउखुरी बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु विशेष कार्यशाला गोष्टीमा अध्यक्ष सापकोटा यस्तो दाबी गरेका हुन ।

स्ववियु विशेष कार्यशाला गोष्टीमा बोल्दै अध्यक्ष सापकोटाले भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहद अनेरास्ववियू (क्रान्तिकारी) को एजेन्डा हो,आज आएर हामी संगठनमा पनि ३२ बर्षे उमेरहद लागु गरेका छाैँ, तसर्थ: एजेन्डागत रुपमा हामीले विजयको झण्डा फहराइसकियाैँ ।

अहिले अन्य संगठनहरुमा एजेन्डाको खडेरी परेको बेला हामीले हाम्रा स्थापित एजेण्डा र हाम्रो पार्टी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेको समयमा गरेका सुशासनका ऐतिहासिक उपलव्धीलाई आम विद्यार्थीमाझ सञ्चार गरे मात्र हामीलाई पहिलो संगठन हुनबाट कसैले नरोक्ने अध्यक्ष सापकोटाले जिकिर गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083