जिल्ला प्रहरी परिसर काठमाडौद्वारा आयाेजित ‘Operation 9 And Workstreams’ विषयक १ दिने कार्याशाला गोष्ठी सम्पन्न

२०८१ फागुन १७ शनिवार
1.4K
shares
काठमाडौ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको प्रमुख आतिथ्यतामा ‘Operation 9 And Workstreams’ विषयक १ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा परिसर काठमाडौं मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थितिमा ‘Operation 9 And Workstreams’ विषयक १ दिने कार्याशाला गोष्ठी परिसरको सभाहलमा सम्पन्न भएको हाे।
उक्त कार्याशाला गोष्ठीमा परिसर मातहत रहेका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिम्मेवार क्षेत्रभित्रको शान्ति सुरक्षाको अवस्थिति बारेमा जानकारी गराउनु भएको थियो भने एसएसपी विश्व अधिकारीले ‘One Team – One Theme’ को मुलमन्त्रलाई आत्मसात् गर्दै व्यावसायिक तवरबाट प्रहरी सेवा प्रवाह गर्नको लागि निर्देशन दिनुभएको थियाे ।
सो क्रममा उहाँले प्रहरीले व्यावसायिक निष्ठालाई पछ्याउँदै शान्ति सुरक्षासँग सम्वद्ध सरोकारवाला व्यक्ति/निकाय/संस्थासँगको सहकार्यमा समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम गरी जनधनको रक्षा गर्नको लागि प्रहरी सेवा प्रवाह गर्नु नै Operation 9 (NINE: Nurturing Integrity – Networked Enforcement) को आधारभुत अवधारणा भएकोले यसलाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्नको लागि समेत निर्देशन दिनुभयो ।
“सुरक्षित उपत्यका”का लागि ल्याईएको यस नयाँ अवधारणाले व्यावसायिक निष्ठापुर्वक प्रहरी सेवा प्रवाह गरी अपराध गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सम्वद्ध सरोकारवाला व्यक्ति/संस्था/निकायहरुको सञ्जाल विस्तार गरी नेपाल प्रहरी संगठनको “सत्य, सेवा, सुरक्षणम्” को मुलमन्त्रलाई साकार पार्न समेत निर्देशन दिनु भयो ।

२०८१ फागुन १७ शनिवार