आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा संयुक्त बैण्ड कन्सर्ट

२०८१ फागुन १८ आइतवार
1.2K
shares
काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवर र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्को तर्फबाट क्याप्टेन Esther Hayes बीच कृतज्ञताको चिनो आदानप्रदान भएको थियो ।

२०८१ फागुन १८ आइतवार