बानेश्वरमा प्रदर्शनकारीले झडप हुने अवस्थाको सृजना गरेपछि एसएसपी विश्व अधिकारी पुगे फिल्डमा

Nepal Life Insurance Long Ad

काठमाडौ ।  बानेश्वरमा प्रदर्शनकारीले झडप हुने अवस्थाको सृजना गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्व अधिकारी  फिल्डमा पुगेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हाे । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

१८ फागुन २०८१, आइतवार २२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु