जिल्ला सिन्धुली, कमलामाई नगरपालिका–६, खुल्लामञ्चमा कमलामाई नगरपालिका, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री शुक माया तामाङज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने कमलामाई नगरपालिकाका उप–प्रमुख श्री मन्जु देवकोटाज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख श्री शान्ता कार्कीज्यू, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी श्री लीला प्रसाद शर्माज्यू, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक श्री गोविन्द राज काफ्लेज्यू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कमलामाई नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी बल नेपालका कर्मचारी, तथा स्थानीय सर्वसाधारण गरी करिब ५५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको क्रममा सहभागीहरूले “TO ALL WOMEN AND GIRLS: RIGHT, EQUALITY AND EMPOWERMENT”तथा “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने नारा लेखिएका प्ले कार्डहरू बोकी र्याली निकालेका थिए। र्याली १ नं. बजार हुँदै २ नं. बजार परिक्रमा गरी पुनः खुल्लामञ्चमा आएर मुख्य कार्यक्रम सम्पन्न गरिएको थियो।
यस अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका मातहतका विभिन्न प्रहरी कार्यालयहरूले समेत विभिन्न स्थानहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस उल्लासपूर्ण रूपमा मनाएका थिए।