समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध’ कार्यक्रम सम्पन्न

काठमाडौ । समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध’ कार्यक्रम सम्पन्नभएको छ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा का.म.न.पा ४ स्थित टुँडालदेवी मन्दिर प्राङ्गणमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष श्रीराम प्रसाद न्यौपानेको सभापतित्वमा “शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध” कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीले समाजमा शान्ति सु-व्यवस्था कायम गर्न सत्य तथ्य सूचनाको महत्वपूर्ण भुमिका रहने र प्रहरीले प्राप्त गर्ने सूचनाको स्रोत समाजका आम नागरिक नै भएकोले प्रहरीलाई सत्य, तथ्य सुचना उपलब्ध गराउनको लागि अनुरोध गर्दै अपराध नियन्त्रण एवं शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक बिच सहकार्य अपरिहार्य रहेको विषयमाथि जोड दिनुभयो ।
नागरिक र प्रहरी वीचको सहकार्यबाट समाजमा प्रभावकारी शान्ति व्यवस्था कायम गर्न समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न कार्यक्रम गरिँदै आएको तथ्य माथि प्रकाश पार्दै उहाँले समुदायमा Sense of Security को महशुस गराउन जिल्ला प्रहरी परिसर काठमाडौंले हाल ‘सुरक्षित उपत्यका’का लागि Operation 9 (NINE: Nurturing Integrity – Networked Enforcement) को नयाँ अवधारणा ल्याएको र नागरिकको जीउधनको सुरक्षाका लागि प्रहरी सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
उक्त कार्यक्रममा पुर्व महालेखा परीक्षक मधुसुदन ढकाल, अवकाश प्राप्त उपरथी शिवराम प्रधान, अ.प्रा. प्र.अ.म.नि. कमल सिंह बम, अ.प्रा. प्र.ना.म.नि. हेमन्त मल्ल ठकुरी, विभिन्न संघ संस्थाका प्रतिनिधी, स्थनिय टोल सुधार समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक, स्थानिय बुद्धिजीवी, प्रहरी वृत्त मालीगाउँ र महाराजगञ्जका प्रमुख लगायत २०० जनाको सहभागिता रहेको थियो ।
२३ फागुन २०८१, शुक्रवार १८:२७ बजे प्रकाशित