एआईजी टेक तामाङको प्रमुख आतिथ्यता आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण सम्पन्न

12.58K
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यता आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीहरूले भिड नियन्त्रण तथा प्रहरी कारवाहीको सिलसिलामा अपनाउनु पर्ने आधारभूत आत्मरक्षा तथा हतकडीको विवेकसम्मत उपयोगका साथै संकित व्यक्तिको नियन्त्रणमा अपनाउनु पर्ने सुरक्षा सतर्कता सम्बन्धी आधारभूत ज्ञान प्रदान गरी प्रहरी कार्यमा प्रभावकारिता लगायत समसामयिक बनाउने उद्देश्यका साथ आज उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका गरी जम्मा ७० जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा ‘आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण’ प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अनुशिक्षण पश्चात सम्बन्धित कर्मचारीले आधारभूत आत्मरक्षा र प्रहरी कारवाहीको सम्बन्धमा आफ्नो कार्यालयका प्रहरी कर्मचारीलाई समेत अनुशिक्षण प्रदान गर्न सक्ने सक्षम जनशक्ति तयार गर्ने यस अनुशिक्षणको उद्देश्य रहेको वताउनु भयो । साथै यस अनुशिक्षणले भिड नियन्त्रणको सिलसिलामा प्रहरी कर्मचारीद्वारा अपनाउने भिड नियन्त्रण सम्बन्धी कार्यविधी तथा हुल दंगामा प्रहरी कर्मचारीहरुले अपनाउन सक्ने व्यक्तिगत सुरक्षाका सिद्धान्तका साथै कम जनशक्तिका बावजुत संकित व्यक्तिको नियन्त्रणमा अपनाउन सक्ने व्यवहारीक पक्षको ज्ञान हुनेमा विश्वाश समेत व्यक्त गर्नु भयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083