एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१-१२-९ गते सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र चावहिलको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा नं. ७ मैजुवहाल स्थित सुप्रिम इन्टरनेसनल स्कुलको प्राङ्गणमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हाे ।

नागरिक सुनुवाईको क्रममा उठेका प्रश्नहरू तथा जनगुनासोको सम्बोधन गर्दै प्र.व.उ. विश्व अधिकारीले काठमाडौं प्रहरी अहोरात्र शान्ति सुरक्षाको लागि तत्पर रहेको र समाजमा बढ्दो लागु औषध दुर्व्यसन, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध तथा विभिन्न आर्थिक अपराधहरूको न्यूनिकरणका लागि सबै नागरिक सचेत रही समाजमा हुने त्यस्ता गतिविधिहरू पहिचान गरी प्रहरीलाई सूचना दिएर अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

अपराध नियन्त्रणका लागि मात्र नभई सामाजिक सुधार र सुरक्षाको प्रत्याभूति दिलाउनसमेत प्रहरी सधैं जनतासँग सहकार्य गर्न इच्छुक रहेको तथा आपसी विश्वास र सहकार्यबिना समाजलाई सुरक्षित बनाउने लक्ष्य हासिल गर्न कठिन हुने समेत प्रमुख अधिकारीले बताउनुभयो ।

सम्बोधनकै क्रममा विभिन्न विकसित राष्ट्रहरूको उदाहरण सहित समुदाय प्रहरी साझेदारीको महत्त्व बारे प्रस्ट पार्दै प्रहरी र समुदाय मिलेर कार्य गरेमा ‘सुरक्षित उपत्यका’ निर्माण गर्न सकिने तथा लागु औषध दुरुपयोग विरुद्धको महाअभियान जस्ता कार्यक्रममा सबै नागरिक, संघसंस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ७, ८ र ९ का जनप्रतिनिधि, बिभिन्न राजनैतिक, धार्मिक, शैक्षिक संस्थामा आवद्ध व्यक्तिहरु, स्थानिय नागरिक लगाएतकाे सहभागिता रहेको थियो ।

 

९ चैत २०८१, शनिवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु