आईजीपी दीपक थापाद्वारा नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण

13.94K
shares

चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अनुगमन तथा निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण क्रममा उहाँले प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, एमआई रूम, लाइब्रेरी लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गर्नुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिनुभयो ।

निर्देशन सम्बोधनका क्रममा आईजीपी थापाले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमूना हुन जरुरी रहेको चर्चा गर्दै भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थीप्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिनु भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083