घरघरमा प्रहरी तथा पीडित सम्पर्क कार्यक्रम संचालन

कास्की । वडा प्रहरी कार्यालय रामबजार कास्कीको आयोजना तथा माटेपानी सामुदायिक सेवा केन्द्रको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजार अन्तर्गतको वडा एरियामा “घरघरमा प्रहरी अभियान तथा पीडित सम्पर्क कार्यक्रम” अभियानको शुभारम्भ भएको हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष धर्मराज आचार्यकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको हाे ।
पोखरा महानगरपालिका वडा नं. १०,११,१२,१४ र १५ का वडा अध्यक्षहरु, मादी गाउँपालिका अन्तर्गत वडा नं. १,२,५ र ६ का वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष एंव प्रतिनिधीज्यूहरु, विभिन्न आमा समूहका प्रतिनिधिज्यूहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु लगायत स्थानिय भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवीहरुको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी उपरीक्ष श्याम बाबु ओलियाले पीडितले उचित न्याय, क्षतिपुर्ती पाए नपाएको तथा पिडक मार्फत हुन सक्ने धाकधम्की, दवावको विषयमा बुझ्न र कानूनी कारवाहीको बारेमा पीडितलाई जानकारी गराउने उद्देश्यले पीडित सम्पर्क कार्यक्रम गरिएको र अपराध अनुसन्धान तथा रोकथामको लागि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको हुँदा सही समयमा सूचना प्राप्तीको लागि नागरिक र प्रहरी विच सहकार्य, सद्भाव र सम्बन्धमा अभिबृद्धी गर्न घरघरमा प्रहरी अभियानले ठूलो भूमिका निर्वाह हुने धारणा राख्नु भयो ।
कार्यक्रमको स्वागत मन्तव्य प्र.नि. बिरेन्द्र घिमिरेले राख्नु भएको थियो भने कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र माटेपानीका सचिव बाबुराम सापकोटाले गर्नु भएको, कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, मादी गा.पा. वडा नं. ६ का वडा अध्यक्ष बेल बहादुर क्षेत्री, लक्ष्मी कोईराला, गोमा थापा रायमाझी लगायतले बोल्नु भएको थियो ।
१४ चैत २०८१, बिहीवार १९:५० बजे प्रकाशित